काठमाडौँ – रुपन्देही क्षेत्र नम्बर ५ मा प्रतिनिधि सभा सदस्य उमेदवारमा एमालेका तर्फबाट वासुदेव घिमिरेलाई आधिकारिकता दिइएको छ ।
आइतबार भएको मनोनयनमा एमालेका दुई जनाले उमेदवारी दर्ता गराएका थिए । घिमिरे र खिमलाल भट्टराईले उमेदवारी दर्ता गराएका थिए ।
निर्वाचन अधिकृतको कार्यालयनै निर्वाचन ऐन तथा निर्देशिकाअनुसार पहिले दर्ता गर्ने व्यक्तिलाई नै आधिकारिकता प्रदान गरेको हो । भट्टराई विष्णु पौडेल निकट नेता मानिन्छन् ।
आइतबार रूपन्देही–५ मा एमाले दुई जनाको उम्मेदवारी दर्ता भएको थियो। प्रतिनिधि सभाका लागि एमालेको तर्फबाट बासुदेव घिमिरे र खिमलाल भट्टराईले उम्मेदवारी दर्ता गराएका थिए। घिमिरेले दिउँसो साढे ३ बजे र भट्टराईले साँझ ५ बजे उम्मेदवारी दर्ता गराएका थिए ।
निर्वाचन अधिकृत चिन्तामणि शर्माले खिमलाल भट्टराईको उम्मेदवारी निर्वाचन निर्देशिका २०७९ विपरीत भएको जानकारी दिए । शर्माका अनुसार निर्वाचन निर्देशिका २०७९ मा प्रष्ट रूपमा एउटै पार्टीको दुई वटा उम्मेदवारी परे पहिला जसले दर्ता गरायो उसैले आधिकारिकता पाउने उल्लेख रहेको उनले बताए ।
प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिका २०७९ को दफा १९ को (९) मा ‘दलले उम्मेदवारलाई औपचारिक पत्र प्रदान गर्दा एउटै पदमा एकभन्दा बढी व्यक्तिका लागि औपचारिक पत्र प्रदान गरेको आधारमा एकभन्दा बढी उम्मेदवारको मनोयनपत्र पेस भएमा पहिले मनोनयनपत्र दर्ता गर्ने व्यक्तिको मनोनयनपत्र कायम हुने’ उल्लेख छ।


प्रतिक्रिया दिनुहोस्