नेकपा एमालेका नेता प्रभु साहले एमालेबाट उम्मेदवार बन्न अस्विकार गरेका छन् । उनले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।
पार्टीले उनलाई टिकट दिए पनि त्यसलाई अश्विकार गर्दै, रौतहट निर्वाचन क्षेत्र नम्बर ३ बाट उनले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
उम्मेद्वारी दर्ता गर्दै साहले भने : ‘मलाई सत्ताका लागि जेपनि गर्न तयार हुने पार्टीको टिकट चाहिएन, पार्टीले दिएको टिकट यहीँ राखेको छौं ।’
जसपाबाट एमालेमा आएका किरण साह, लोसपाबाट आएका अजय गुप्ता र कांग्रेस छाडेर आएका राजेश चौधरीले टिकट नपाएपछि साहले स्वतन्त्र उम्मेदवारी दिएका हुन्।


प्रतिक्रिया दिनुहोस्