दाङको देउखुरी उपत्यकाका अधिकांश बस्ती डुबानमा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २२ आश्विन २०७९, शनिबार
1 Min Read
Aa

दाङ – चारदिन देखि लगातार परेको पानीका कारण दाङको देउखुरी उपत्यकाका करिब अधिकांश बस्ती डुबानमा परेका छन् ।देउखुरीको राप्ती नदी र आसपासका खोलाका कारण लमही नगरपालिका, राप्ती गाउँपालिका, गढवा गाउँपालिका र राजपुर गाउँपालिका विभिन्न बस्तीहरु डुबानमा परेका हुन् । देउखुरीको गढवा गाउँपालिका अधिकांश क्षेत्र डुबानमा परेको जानकारी दिएकोे छ ।
राप्ती नदी र सिक्रहवा खोलाको बाढी बस्तीमा पस्दा डुबानमा परेका हुन् । गढवाका गाउँपालिका अनुसार गढवा–५ को बोधीपुर, धर्मपुर, लोखरपुर, लालपुर र गढवा–७ कान्छिगाउँ लगायतका बस्तीमा बाढी पसेको दाङ् प्रहरीले जानकारी दिएको छ ।
लमही नगरपालिकामा १ हजार ३९५, राजपुर गाउँपालिका ८००, राप्ती गाउँपालिकामा ६१० र गढवा गाउँपालिकामा ६६० घर डुबानमा परेका छन् ।
त्यस्तै बाढीका कारण २०३ घर पूर्णरुपमा भत्किएका छन् । लमही नगरपालिकामा ४३, राजपुर गाउँपालिका १५, राप्ती गाउँपालिकामा, ६५ घर, गढवा गाउँपालिकामा ८० घर भत्किएका छन् । उद्धारको कार्य पनि जारी रहेको स्थानीहरुले बताएका छन् ।

गोरक्ष पोस्ट

- Advertisement -
Ad imageAd image

प्रतिक्रिया दिनुहोस्