बालकृष्ण ढुंगेल मृत भेटिए

नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकीकरण भएर बनेको तत्कालिन नेकपा विभाजित भएपछि ढुंगेल माओवादी त्यागि एमालेमै रहेका थिए ।

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २२ आश्विन २०७९, शनिबार
1 Min Read
Aa

 नेकपा एमालेका पोलिट्ब्यूरो सदस्य समेत रहेका बालकृष्ण ढुंगेलको निधन भएको छ । शनिबार विहान उनी मृत भेटिएका हुन् । घरमा एक्लै रहेका ढुंगेल बाथरुममा लडेको अवस्थामा भेटिएका हुन् ।

परिवारका सदस्य बर्दिबास गएकाले ढुंगेल घरमा एक्लै थिए । पूर्व मा‌ओवादी कार्यकर्ता रहेका ओखलढुंगाका ढुंगेल पहिलो संविधानसभामा माओवादीको तर्फबाट संविधानसभा सदस्यसमेत थिए ।

- Advertisement -
Ad image

उज्जन श्रेष्ठको हत्या आरोपमा ज्यान मुद्दामा पटक पटक गरी करिब ७ वर्ष जेल बसेका थिए ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकीकरण भएर बनेको तत्कालिन नेकपा विभाजित भएपछि ढुंगेल माओवादी त्यागि एमालेमै रहेका थिए ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्