आयल निगम लामो समयपछि नाफामा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २२ आश्विन २०७९, शनिबार
1 Min Read
Aa

काठमाडौं – अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेपछि नेपाल आयल निगम डेढ वर्षपछि नाफामा गएको छ। प्रति ब्यारल ८७ अमेरिकी डलरमा आएपछि निगमको मासिक नाफा १ अर्ब ६० करोड हुने जानकारी दिएको छ ।
इन्डियन आयल कर्पोरेसन (आइओसी) ले अक्टोबरमा पठाएको मूल्यमा निगमलाई पेट्रोल लिटरमा ६ रुपैयाँ ४५ पैसा र डिजल लिटरमा १२ रुपैयाँ नाफा हुने छ।

ुआइओसीले दसैं अघि पठाएको मूल्य अनुसार १५ दिनमा निगमलाई ८० करोड रुपैयाँ नाफा हुने अनुमान निगमले गरेको छ । यो निगमको मासिक नाफा मात्रै हो। डेढ वर्षको अवधिमा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य आकासिँदा निगमले ५५ अर्ब गुमाएको थियो। निगमले यो अवधिमा तेल ल्याउनका लागि ४० अर्ब ऋण बोकिरहेको छ। ४० अर्बमध्ये झण्डै २५ अर्ब आइओसीलाई र १० अर्ब रुपैयाँ सरकार र वाणिज्य बैंकबाट ऋण लिएर तेल आपूर्ति गरेको थियो।

- Advertisement -
Ad imageAd image
गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्