मानव अधिकार परिषद्को बैठकमा नेपालद्वारा चीनको पक्षमा मतदान

एक चीन नीतिमा प्रतिबद्ध नेपालले उसको आन्तरिक मामिलामा हस्तक्षेप गर्नुहुन्न भन्दै  बेइजिङको पक्षमा उभिएर मतदान गरेको हो ।

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २१ आश्विन २०७९, शुक्रबार
1 Min Read
Aa

मानव अधिकार परिषद्को बैठकमा नेपालले चीनको पक्षमा मतदान गरेको छ । जेनेभामा बिहीबार सम्पन्न मानव अधिकार परिषद्को बैठकमा नेपालले चीनको पक्षमा मतदान गरेको हो । चीनको सिन्जियाङ प्रान्तमा मुस्लिम उइगुरमाथि मानव अधिकार हनन भएको प्रस्तावमाथि थप छलफल अघि बढाउने कि नबढाउने भन्ने सन्दर्भमा भएको मतदानमा नेपालले चीनको पक्षमा मत दिएको छ ।

कुल ४७ सदस्यीय मानव अधिकार परिषद्‌मा नेपालसहित १९ मुलुकहरूले चीनको समर्थनमा उक्त प्रस्तावमा मतदान गरेका हुन् । अमेरिकासहित १७ मुलुकले सिन्जियाङ प्राप्तमा मुस्लिम उइगुरमाथि मानव अधिकार हननको विषयलाई छलफलमा लानुपर्ने भन्दै मत दिएका थिए ।

- Advertisement -
Ad image

चीन र नेपालसहित दक्षिण एसियाको अर्को मुलुक पाकिस्तान, भेनेजुएला, उज्वेकिस्तान, यूएई, कतार, सुडान, सेनेगल, नामिबिया, आइभरी कोस्ट, काजाकास्तान, मौरिटानिया, नामिबिया, बोलिभिया, क्यामरुन, क्युबा, इरिट्रिया, गाबोन र इन्डोनेसियाले प्रस्तावको विपक्षमा मत दिए ।

भारतसहित युक्रेन, मेक्सिको, मलेसिया, मलवी, लिविया, गाम्बिया, बेनिन, अर्जेन्टिना र अर्मेनिया भने मतदान गर्ने समयमा अनुपस्थित रहेका थिए ।

एक चीन नीतिमा प्रतिबद्ध नेपालले उसको आन्तरिक मामिलामा हस्तक्षेप गर्नुहुन्न भन्दै  बेइजिङको पक्षमा उभिएर मतदान गरेको हो ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्