बस्तीमा बाढी पसेपछि बाँके चौफेरी गाउँका ७५ घर परिवारलाई स्थान्तरण

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २१ आश्विन २०७९, शुक्रबार
1 Min Read
Aa

कामठमाडौँ – अविरल वर्षाका कारण राप्ती नदीमा आएको बाढीले बाँके डुडुवा गाउँपालिका–१ को चौफेरी गाउँका ७५ घरपरिवारलाई स्थान्तरण गरिएको छ। वर्षाले नदीमा आएको बाढीले गाउँ पूरै डुबानमा परेर घरभित्र समेत पानी पसेपछि गाउँ नजिकै रहेको आश्रयस्थलमा सारिएको जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ।

बाढीले गाउँ नै डुबानमा परेपछि रेडक्रसकर्मी, प्रहरीसहितको टोलीले स्थानीयवासीलाई उद्धार गरी आश्रयस्थलमा राखेको केन्द्रले बताएको हो ।
बाँकेका तल्लो तटीय क्षेत्रका करिब तीन सय घर डुबानमा परेका छन् भने दर्जनौँ घरमा क्षति पुगेको छ। वर्षाले राप्ती नदीमा आएको बाढीले बाँके डुडुवा गाउँपालिका– १ अन्तर्गत पर्ने चौफेरी, कृषि चौफेरी र पाझा गाउँका तीन सय घर डुबानमा परेका छन् । बाढीले घरभित्र पानी पसेर राखिएको अन्नपात लत्ताकपडा भिजेर क्षति पुर्‍याएको स्थानीयवासी गणेश गुप्ताले जानकारी दिए।

- Advertisement -
Ad imageAd image

राप्ती नदी र खोलाको बीचमा रहेका ती गाउँवासी त्रासमाछन्। घरभित्र पानी पसेपछि गाउँपालिकाले निर्माण गरेको आश्रय स्थलमा राखिएको गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताए। अहिले पनि वर्षा भइरहको छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्