गायक प्रमोद पाण्डेको निधन

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २१ आश्विन २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौँ – वरिष्ठ गायक प्रमोद पाण्डेको निधन भएको छ । मस्तिष्क क्यान्सरबाट पीडित पाण्डेको हिजो ५९ वर्षको उमेरमा बिहीबार काठमाडौंस्थित निवासमा निधन भएको हो ।

२०३९ सालदेखि रेडियो नेपालमा गाउन सुरु गरेका पाण्डेले थुप्रै आधुनिक, भजन र लोकगीत गाएका छन् । २०४२ सालमा रेडियो नेपालमा रेकर्ड भएको उनले गाएको ‘जिन्दगीले कहाँ ल्याइपुर्यायो,’ बोलको गीत चर्चित थियो । कुन्ति मोक्तानसँग गाएको ‘आँखामै राखेर’ बोलको गीत र उनले प्रेम खड्कासँग गाएको ‘डालीमा डाली नाचेर हिंड्ने’ बोलको लोक गीत पनि चर्चित थियो ।

- Advertisement -
Ad imageAd image

उनले मधुमास बोलको एल्बम पनि निकालेका थिए । उक्त एल्बममा समावेश अन्जु पन्तसँग गाएको ‘त्यो मनमा फूलेको पिरतीको फूल कसको हो रु’ बोलको गीत स्रोताहरुले धेरै रुचाएको गीतमध्येमा पर्दछ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्