काठमाडौँ – तीन दिनदेखिको लगातारको झरी आज बिहानबाट काठमाडौंमा केही कम भएको छ । यद्यपि, पानी नपरे पनि मौसममा बदली रहेको छ । आज दिनभर काठमाडौंको मौसममा बदली हुने मौसमविदले बताएका छन।
मौसमविदका अनुसार कुनै–कुनै समय घाम लागे पनि दिनभर मौसम बदली भइरहेनेछ । अपराह्नपछि काठमाडौंमा वर्षा हुनेछ ।
अझै दुईतीन दिन काठमाडौंमा भारी वर्षाको सम्भावना नरहे पनि मौसम बदली र सामान्य वर्षा हुने मौसमविद्ले बताएका छन । हिजो अस्तिको जस्तो भारी वर्षाको सम्भावना नरहे पनि सामान्य वर्षा भने काठमाडौंमा अझै केही दिन हुने छ ।


प्रतिक्रिया दिनुहोस्