रुसद्वारा युक्रेनको जापोरिजियामा मिसाइल प्रहार

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २१ आश्विन २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौँ -रुसले युक्रेनको जापोरिजिया क्षेत्रमा मिसाइल प्रहार गरेको छ। रुसले जापोरिजियामा रहेको भवन र पूर्वाधारमा मिसाइल आक्रमण गरेको हो।

घटनास्थलमा तीनवटा शव फेला पारेका छन्। मिसाइल प्रहारबाट कम्तीमा ४० अपार्टमेन्ट र ११ वटा निजी घरमा क्षति पुगेको जापोरिजिया नगर परिषद्ले जनाएको छ।

- Advertisement -
Ad image

घटनापश्चात् उद्धारकर्मीले भग्नावशेषमा फसेकाहरूको​ खोजी कार्य जारी राखेको बीबीसीले जनाएको छ।

मानिसको खोजीका लागि स्निफर कुकुर पनि तैनाथ गरिएको छ। जापोरिजियामा एस–३०० एयर डिफेन्स सिस्टमबाट थप विकसित मिसाइलले आक्रमण गरिएको अधिकारीहरूले बताएका छन्।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्