उत्तरी गोरखाको हिमाली क्षेत्रमा हिमपात, सतर्कता अपनाउन आग्रह

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २० आश्विन २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौँ – लगातारको वर्षाले चिसो बढेसँगै उत्तरी गोरखामा हिमपात सुरु भएको छ। चुमनुब्री गाउँपालिकाको सामा गाउँ लगायत क्षेत्रमा हिमपात सुरु भएको हो। असोज तेस्रो साता सुरु भएसँगै यो वर्ष पहिलो पटक उत्तरी गोरखामा हिमपात भएको छ । हिमालपारिको गाउँ भनेर चिनिने उत्तरी गोरखाको सामागाउँ क्षेत्रमा हिमपात भएको जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ ।

प्रहरीका अनुसार सामागाउँमा आज अपराह्नपछि हिमपात सुरु भएको र हिमपातका कारण त्यस क्षेत्रको जनजीवन प्रभावित बनेको छ।हिमपातका कारण मनास्लु हिमाल आरोही र आरोहीका सहयोगीलाई समस्या पर्नसक्ने भन्दै सामागाउँमा अहिले तीन वटा हेलिकप्टर तयारी अवस्थामा राखिएको प्रहरीले बताएको छ ।

- Advertisement -
Ad imageAd image

सामागाउँमा कैलाश, सिम्रिक र एभरेष्ट एयरका एकरएक वटा हेलिकप्टर तयारी अवस्थामा राखिएका उनको भनाइ छ। यो वर्ष अहिलेसम्मकै अत्यधिक पर्यटक मनास्लु हिमाल आधार शिविरमा पुगेका छन्।

गोरखा प्रहरीका अनुसार हिजोसम्म ३६६ जना हिमालको आधार शिविरमा नै रहेको जनाइएको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले अझै केही दिन मौसममा परिवर्तन हुने भन्दै उच्च हिमाली क्षेत्रमा बसोबास गर्ने तथा हिमाल आरोहणका लागि पुगेकालाई सतर्कता अपनाउन भनेको छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्