भारतीय औषधिबाट ६६ बच्चाको मृत्यु, औषधि प्रयोग नगर्न डब्लुएचओको चेतावनी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २० आश्विन २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौँ – भारतको मेडन फर्मास्युटिकल्स कम्पनीले उत्पादन गरेको बच्चालाई खुवाउने रुखाखोकीको औषधिले ६६ बालबालिकाको मृत्यु भएको छ। बच्चाहरूको मृत्यु भएपछि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले उक्त औषधि प्रयोग नगर्न चेतावनी दिएको छ।

बुधबार मिडिया ब्रिफिङका क्रममा डब्लुएचओले गाम्बियामा रुखाखोकीको औषधि खाँदा ६६ बच्चाको मृत्यु भएको घटनामा त्यही औषधि नै प्रमुख कारण हुनसक्ने भन्दै प्रयोग नगर्न चेतावनी दिएको हो।

- Advertisement -
Ad imageAd image

डब्लुएचओले अन्य देशमा पठाइएको औषधि समेत प्रयोग नगर्न र जाँच गर्न भनेको छ। डब्लुएचओका अनुसार उक्त कम्पनीले चार प्रकारका कफ र कोल्ड सिरप उत्पादन गरेको छ। डब्लुएचओ र भारतको नियामक निकायले यसबारे जाँच गरिरहेको बीबीसी हिन्दीले जनाएको छ।

मेडन फर्मास्युटिकल्स कम्पनीले उत्पादन गरेको कफ र कोल्ड सिरपमा डाइथिलीन ग्लाइकोल र एथिलीन ग्लाइकोलको मात्रा नमिलेको डब्लुएचओले बताएको अंग्रेजी अखबार द हिन्दूले लेखेको छ।

भारतको स्वास्थ्य मन्त्रालयका एक वरिष्ठ अधिकारका अनुसार २९ सेम्टेम्बरमा डब्लुएचओले भारतको ड्रग्स कन्ट्रोलर जनरल अफ इन्डिया (डीसीजीआई) लाई यसबारे जानकारी दिएको थियो।

उसले बच्चाहरुको मृत्युको प्रमुख कारण नै औषधिमा भएको डायथिलीन ग्लाइकोल या एथिलीन ग्लाइकोलको अनुचित मात्रा नै भएको बताएको छ।

स्वास्थ्य मन्त्रालयका ती अधिकारीका अुनसार डब्लुएचओले जानकारी दिनेबित्तिकै डीसीजीआईले यस विषयमा जाँच सुरु गरेको छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्