राप्ती नदीमा पानीको सतह खतराभन्दा माथि, सतर्कता अपनाउन आग्रह

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १९ आश्विन २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौँ – राप्ती नदीमा पानीको सतहले खतराको तह पार गरेको छ । बुधबार बिहानदेखि परेको अविरल वर्षाका कारण राप्तीमा बाढीले खतराको सतह पार गरेको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ।

पानीको सतह ५.४० मिटर पुगे खतरा मानिने राप्ती नदीमा पानीको सतह ६.४५ मिटर पुगेको छ । अहिले पनि नदीमा पानीको सतह बढ्दै गएकोले राप्तीसोनारी गाउँपालिका वडा नं. ४, ५, ६ र ७ तथा डुडुवा गाउँपालिका वडा नं. १, २, ४ र ५ का गाउँ डुवानमा पर्ने खतरा बढेको भन्दै प्रशासनले सजगता अपनाउन आग्रह गरेको छ।

- Advertisement -
Ad image

नदी किनारका सर्वसाधारणलाई सुरक्षित ठाउँमा जान र दाउरा छोप्न, नुहाउन तथा माछा मार्न नजान पनि प्रशासनले आग्रह गरेको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्