काठमाडौँ – दाङमा खोलामा डुबेर दुई जना बालकको मृत्यु भएको छ । लमही नगरपालिका-६ स्थित अर्जुन खोलामा मंगलबार दिउँसो पौडी खेल्न गएका लमही-४ अर्नहवाका १३ वर्षीय ललित परियार र १० वर्षीय अजित विकको डुबेर मृत्यु भएको हो ।
सशस्त्र प्रहरीका अनुसार दिउँसो पाँच जना साथीहरू नुहाउन गएका मध्ये दुई जनाको मृत्यु भएको हो । घटना भएलगतै सशस्त्र प्रहरी बल नेपाल–४१ नम्बर रिजर्भ गण अर्जुनखोलाको टोली खोजी तथा उद्धारमा खटिएका थिए । मृतकको शव लमही अस्पतालमा राखिएको छ ।


प्रतिक्रिया दिनुहोस्