महात्मा गान्धीसँग मिल्दोजुल्दो आकृतिको महिषासुरको प्रतिमा बनाएपछि भारतमा हङ्गामा,कसले बनायो?

नेपालमा भर्खरै राप्रपा प्रवेश गरेका रवीन्द्र मिश्रको हिन्दू बौद्ध राष्ट्रको अवधारणा सावरकरको बिचारसँग मेल खाने देखिन्छ ।

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १८ आश्विन २०७९, मंगलवार
2 Min Read
Aa

दक्षिणी छिमेकी भारतमा त्यहाँका राष्ट्रपिता महात्मा गान्धीसँग मिल्दोजुल्दो आकृतिको महिषासुरको प्रतिमा बनाएपछि हङ्गामा भएको छ।

भारतको एक महानगर कोलकाताको दक्षिणी बाहिरी इलाकामा भारतीय राष्ट्रपिता महात्मा गान्धीको अनुहारसँग मिल्दोजुल्दो आकृतिको महिषासुर बनाएपछि हङ्गामा भएको हो ।

- Advertisement -
Ad imageAd image

अखिल भारतीय हिन्दू महासभाद्वारा आयोजना गरिएको नवरात्री दुर्गा पूजामा बनाइएको मुर्तिमा महिषासुरको आकृति महात्मा गान्धी सँग मिल्दोजुल्दो बनाइएको हो ।

धेरै विवाद र प्रशासनको हस्तक्षेपपछि उक्त मूर्ती बदलिएको छ । बदलिएको मुर्तीको तस्विर :

अखिल भारतीय हिन्दू महासभाको बारेमा :

अखिल भारतीय हिन्दू महासभा बिजेपी निकट हिन्दू संगठन हो । भारतीय जनता पार्टी (भाजपा) ले आदर्श पुरुष मान्ने विनायक दामोदर सावरकर यो संगठनको लामो समय प्रमुख रहेका थिए । सावरकर गान्धीलाई घृणा गर्दथीए । गान्धीका हत्या गर्ने गोडसे सावरकर बिचारबाट प्रभावित थिए ।

सावरकर त्यस्तो व्यक्ति हुन् जसले हिन्दूत्व शव्दको पहिलो प्रयोग गरेका थिए । उनी भारतीय उपमहाद्वीपमा भएका पुराना धर्म हिन्दू , बौद्ध, शिखलाई हिन्दू राष्ट्रवादका हिस्सा मान्थे । मुश्लिम र क्रिश्चियनलाई आयातित भन्थे ।

सावरकर भारतीय उपमहाद्वीपलाई विशाल हिन्दूराष्ट्र वा साझा भूगोल, धर्म एवं संस्कृति भएको राष्ट्र मान्थे । यो विचारअनुसार बौद्ध, जैन एवं शिखलगायत धर्मले बृहत् हिन्दुत्व खाकाभित्रै आफ्नो राष्ट्रिय पहिचान खोज्नु भन्ने हुन्थ्यो  । हिन्दूत्व बहुसंख्यक जातिको अवधारणा एवं राष्ट्रवादमा आधारित पहिचानको राजनीति थियो ।

नेपालमा भर्खरै राप्रपा प्रवेश गरेका रवीन्द्र मिश्रको हिन्दू बौद्ध राष्ट्रको अवधारणा सावरकरको बिचारसँग मेल खाने देखिन्छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्