नक्कली नेपाली रुपैयाँ सहित भारतीय युवक पक्राउ

शनिबार नरहा ५ स्थित किशोरी ट्रेडस (सञ्चालक कृपाल यादव) किराना पसलमा मो.रेजाउल्लाहले १ प्याकेट चुरोट खरिद गरी नक्कली एक हजार रुपैयाँको नोट दिएका थिए।  त्यसपछि ईलाका प्रहरी कार्यालय नरहालाई कृपालले सूचना दिएका थिए ।

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १८ आश्विन २०७९, मंगलवार
1 Min Read
Aa

सिरहा नरहा गाउँपालिका ५ मा नक्कली नेपाली रुपैयाँ सहित एक भारतीय युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको विहार सितामढी जिल्ला, ग्राम पँचायत भासर मछहा -८ भन्सार चोक बस्ने २१ वर्षीय मो.रेजाउल्लाह रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

प्रहरी टोलीले मो.रेजाउल्लाहको साथबाट नेपाली रुपैया १ हजारको ३१ वटा नोट बरामद गरेको सिराहा जिल्ला प्रहरी प्रवक्ता, डिएसपी सुभाष बुढाथोकीले बताए ।

शनिबार नरहा ५ स्थित किशोरी ट्रेडस (सञ्चालक कृपाल यादव) किराना पसलमा मो.रेजाउल्लाहले १ प्याकेट चुरोट खरिद गरी नक्कली एक हजार रुपैयाँको नोट दिएका थिए।  त्यसपछि ईलाका प्रहरी कार्यालय नरहालाई कृपालले सूचना दिएका थिए ।

थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array