बिरामीको मृत्यु भएपछि आफन्तद्वारा चितवन मेडिकल कलेजमा तोडफोड, एक दर्जन पक्राउ

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १८ आश्विन २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौँ – चितवन मेडिकल कलेज (सीएमसी) मा तोडफोड भएको छ । भरतपुर–१३ का ३६ वर्षीय रमेश कुवँरको उपचारको गएराति क्रममा अस्पतालमा मृत्यु भएपछि आक्रोशित बनेका आफन्तहरूले आज अस्पतालमा तोडफोड गरेका हुन् ।

उनीहरूले अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा गएर तोडफोड गरेको अस्पतालले जनाएको छ । तोडफोडबाट झ्यालको सिसा, ढोकासहितका सामग्रीमा क्षति पुगेको छ । अहिले भने अस्पताल परिसर शान्त छ । सम्भावित दुर्दघटना हुन नदिन प्रहरी पनि परिचालन गरिएको छ ।

तोडफोडमा संलग्न रहेको आरोपमा प्रहरीले एक दर्जनलाई नियन्त्रणमा लिएको छ । घटनाबारे अनुसन्धान थालिएको चितवन प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array