सुन्दर छाला देखिन के खाने ?

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १८ आश्विन २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौँ – अनुहारको छाला चम्किलो बनाउन अनेकथरी गरिन्छ। क्रिम पाउडर घसिन्छ। तर, छाला शरीरकै अंग भएकाले बाहिरी कुराले भन्दा भित्री तत्वले अर्थ राख्छ। खानेकुराका कारण छाला प्रभावित हुन्छ। छाला स्वस्थ सुन्दर बनाउन के खानेरु

अमला, कागती र भेडेखुर्सानी
भिटामिन सीयुक्त खाना खानाले छालाको क्षमता बढ्छ, छालाको लचकता पनि बढ्छ र छालालाई सुक्खा हुनबाट जोगाउँछ। अमला, सुन्तला, कागती, भेडे खुर्सानीजस्ता प्रचुर भिटामिन सी पाइने खानामा जोड दिनुपर्छ।

गाँजर, बदाम र सूर्यमुखी फूलको बियाँ
बेटा क्यारोटिन नामक तत्वले छालालाई जवान र स्वस्थ राख्ने कोषिकाहरू उत्पन्न गर्न मद्दत गर्छ। गाजर, सूर्यमुखी फुलको बियाँ, बदाम आदिमा यो तत्व पाइने भएकाले यिनलाई भोजनमा समावेश गर्नु राम्रो हुन्छ।

सी फूड, गेडागुडी र प्याज
जिंकले शरीरका कोषिकालाई हुर्काउन, बढाउन मद्दत गर्छ। यस्ता कोषिकाले छालालाई जवान र आकर्षक बनाउँछन्। सी–फुड, गेडागुडी र प्याज खानु छालाको स्वास्थका निम्ति फाइदाजनक हुन्छ।

ओखर र सोयाबिन
ओमेगा–३ फ्याट्टी एसिडलगायत तत्वले छालालाई सुक्खा हुन दिँदैन। यस्तो फ्याट शरीर आफैँले उत्पादन गर्न नसक्ने भएकाले यो पाइने खाना खानुपर्छ। यस्ता खानाले छालाको सुक्खापन कम हुँदै जान्छ। ओखर, सोयाबिन, माछा, बदाम, एभोकाडो, जैतुनको तेल आदि बेला–बेला खानुपर्छ।

फलफूल
मौसम अनुसारको फलफूल खानु स्वास्थ्यका लागि निकै फाइदा हुन्छ। फलफूलले समग्र स्वास्थ्यका लागि फाइदा गर्छ। छालामा सुन्दरता र चमक ल्याउन पनि मद्दत गर्छ।

प्रतिक्रिया दिनुहोस्

Array