साकाहारी भोजन: कुन खानामा के पाइन्छ ?

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १८ आश्विन २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौँ – विभिन्न प्रकारको तरकारीमा छुट्टाछुट्टै पौष्टिक तत्व पाउन सकिन्छ। तरकारी काब्रोहाइड्रेटले भरीपूर्ण हुन्छ भने कुनै तरकारीमा खनिज पदार्थ र भिटामिन प्रशस्त मात्रमा पाउन सकिन्छ।

कार्बोहाइड्रेटयुक्त तरकारी
आलु, सखरखन्ड, पिँडालु, सलगम, मुला, गाँजर, तरुल, प्याज आदिमा कार्बोहाइड्रेट प्रशस्त पाइन्छ। माडको भाग बढी पाइने भए पनि यी तरकारीमा क्यारोटिन, केही मात्रामा प्रोटिन तथा क्याल्सियम पाइन्छ। यसै गुणले गर्दा विशेष स्थितिमा अर्थात् अन्नको अभाव भएको ठाउँमा शक्तिको लागि आलु प्रयोग गर्न सकिन्छ।

- Advertisement -
Ad imageAd image

यसैगरी केही तरकारीहरुमा फाइबर (कार्बोहाइड्रेट) पनि हुन्छ। फाइबर बढी भएको खाद्यवस्तुको परिमाण धेरै देखिए पनि क्यालोरी भने ज्यादै कम मात्र हुन्छ। तरकारीको प्रकार र त्यसको भागअनुसार फाइबरको मात्रा धेरै तथा थोरै हुन्छ। भोजनमा फाइबरयुक्त तरकारीको ज्यादै महत्व छ। यसले खानाको परिमाण बढाए पनि क्यालोरी बढाउँदैन। यस्तो खानाले पाचन अंगलाई पनि स्वस्थ राख्दै कब्जियत हुनबाट बचाउँछ। काँचो खान हुने

 

तरकारीहरुमा फाइबर प्रशस्त मात्रामा पाइन्छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्