पाकिस्तानविरुद्धको शृङ्खला इंग्ल्याण्डलाई

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १७ आश्विन २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौँ – डेविड मलानको विस्फोटक ब्याटिङमा इंग्ल्याण्डले टी–२० शृङ्खलाको अन्तिम खेलमा पाकिस्तानलाई ६७ रनले पराजित गरेको छ । योसँगै ७ खेलको शृङ्खला इंग्ल्याण्डले ४–३ ले जित्न सफल भएको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा २०९ रन बनायो । दुई पटक जीवनदान पाएका मलानले नटआउट रहँदै ७८ रन बनाए । ह्यारी ब्रुकले नटआउट रहँदै २९ बलमा ४६ रन बनाए । उनले पनि २४ रन बनाएको स्थितिमा जीवनदान पाएका थिए । दुईले अविजित १ सय ८ रनको साझेदारी गरे ।

जवाफी ब्याटिङमा उत्रेको पाकिस्तानले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा मात्र १४२ रन बनाउन सक्यो । पाकिस्तानका लागि सान मसुदले सर्वाधिक ५६ रन बनाए भने खुसदिल साहले २७ रन बनाए । इंग्ल्याण्डका लागि क्रिस वोक्सले ३ तथा डेभिड विलीले २ विकेट लिए ।

ऐजेन्सी

प्रतिक्रिया दिनुहोस्

Array
TAGGED: