जबरजस्ती करणी उद्योग गरेको अभियोगमा प्रहरी निरीक्षक पक्राउ

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १६ आश्विन २०७९, आईतवार
0 Min Read
Aa

 इलाका कार्यालय खानीखोला धादिंगका  प्रमुख  जबरजस्ती करणी उद्योग गरेको अभियोगमा  पक्राउ परेका छन् ।

महिला प्रहरीलाई जबरजस्ती करणी उद्योग गरेको अभियोगमा प्रहरी इन्स्पेक्टर अपूर्व ढुंगाना पक्राउ परेका हुन् ।

त्यही कार्यरत महिला प्रहरीले जबरजस्ती करणीको प्रयास गरेको जाहेरी दिएपछि शनिबार ढुंगानालाई पक्राउ गरिएको  जिल्ला प्रहरी धादिंगले जनाएको छ ।

अहिले शोधपुछ भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array