शिक्षक युवराज कार्कीलाई पुनः स्थापित गर्न अखिल नेपाल शिक्षक संगठनको माग

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १६ आश्विन २०७९, आईतवार
2 Min Read
Aa

काठमाडौँ: विनाकारण शिक्षकबाट हटाइएका शिक्षक युवराज कार्कीलाई पुनः स्थापित गर्न अखिल नेपाल शिक्षक संगठनले माग गरेको छ । श्री जनता मावि रसुवा लाफागाउँमा राहत दरवन्दीमा कार्यरत अंग्रेजी विषय कार्कीलाई पुनः स्थापित गर्न अखिल नेपाल शिक्षक संगठन उदयपुरले माग गरेको हो ।

संगठनका जिल्ला अध्यक्षसमेत रहेका कार्कीलाई विद्यालय व्यवस्थापन समितिको असोज ८ गते बसेको बैठकले बर्खास्त गरेको थियो । कार्कीलाई बर्खास्त गरेको पत्र हुलाक मार्फत जानकारी गराइएको थियो । सो पत्रमा उनलाई विद्यालय प्रशासन र वि।व्य।सलाई अटेर गरी शैक्षिक वातावरण धमिल्याएको भनी आरोप लगाइएको छ ।

उक्त घटनाले राहत शिक्षक माथि नै प्रहार गरेको भन्दै संगठनले गम्भीर आपत्ति जनाएको छ । संगठनले एक विज्ञप्ति निकाल्दै उनीमाथि लगाइएका आरोप कपोकल्पित र पूर्ण रुपमा पूर्वाग्रही ढंगले लगाईएको जनाएको छ । ‘विव्यासले लगाएका आरोपमा कुनै सत्यता छैन । साथै नैतिक आचरण सम्बन्धी सोधिएको लिखित स्पष्टिकरणको जवाफ गम्भिरतापूर्वक नीजले लिखित रुपमा पेश गरेको व्यहोरा जानकारी गराउँदछौं ।’, संगठनका उपाध्यक्ष नरेन्द्र कुमार सिंहद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

काकीले विद्यालयको शैक्षिक वातावरणलाई अब्बल बनाई विद्यार्थीको शैक्षिक उपलब्धिलाई सुधार गर्नको लागि पटक–पटक विद्यालय प्रशासन र विव्यासलाई सकारात्मक सल्लाह सुझाव दिदै आएका थिए । ‘उहाँले दिएका सुझाव सम्बन्धित पक्षलाई अपच भई विभिन्न लाञ्छना लगाई जागिरबाट नै अवकाश दिने निर्णयले नीज राहत शिक्षक माथिको प्रहारले सम्पर्ण राहत शिक्षक माथि नै प्रहार गरेको ठहर्छ ।’, विज्ञप्तिमा भनिएको छ, ‘यस्तो किसिमको गलत निर्णय यथाशिघ सच्चाई नीज शिक्षकलाई त्यस विद्यालयमा पुनः स्थापित गर्न हाम्रो संगठन अनुरोध गर्दछ ।’

संगठनले आफूहरुका मागहरुको सम्बोधन नभए कडा संघर्षमा जान वाध्य हनेछ र संघर्षबाट उत्पन्न हने परिणामको जिम्मा सम्बन्धित पक्षले लिनुपर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array