काठमाडौं महानगरले दशैं अवधिमा निस्शुल्क एम्बुलेन्स सेवा दिने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १६ आश्विन २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले दशैंमा निस्शुल्क एम्बुलेन्स सेवा दिने भएको छ । डेंगु महामारीकै रुपमा फैलिरहेका बेला दशैं अवधिमा महानगरले नागरिकका लागि स्वास्थ्य सेवा उपलब्ध गराउने घोषणा गरेको हो ।

महानगरका मेयर बालेन साहका अनुसार डेंगुबारे जानकारी लिने र बिरामीलाई निस्शुल्क एम्बुलेन्स सेवा उपलब्ध गराइनेछ ।

डेंगुबारे जानकारी लिनका लागि महानगरपालिकाले हटलाइन सेवा दिनेछ । जसका लागि ११८० मा फोन गरेर सेवा लिन सकिनेछ । एम्बुलेन्स सेवाका लागि १०२ मा सम्पर्क गर्न सकिने मेयर साहले जानकारी गराएका छन् ।
साथै दशैं अवधिमा महानगरमा ५५८ स्वयमसेवक खटाइनेछ । उनीहरूले सिटामोल र जीवनजल वितरण गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

Array