एसियन एमेच्योर चेस: क्यान्डिडेट मास्टर थापाको विजयी सुरुवात

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १५ आश्विन २०७९, शनिबार
1 Min Read
Aa

काठमाडौँ – साविक विजेता क्यान्डिडेट मास्टर कृष्ण थापाले बिहीबार ओमानमा जारी एसियन एमेच्योर चेस च्याम्पियनसिपमा विजयी सुरुवात गरेका छन् । थापाले पहिलो चरणको खेलमा कुवेतका अलमुहाइनी अब्दुलाजीजलाई पराजित गरेका हुन् ।

थापा २०१९ नोभेम्बरमा काठमाडौंमै सम्पन्न च्याम्पियनसिपको विजेता खेलाडी हुन् । अक्टोबर ५ सम्म सञ्चालन हुने प्रतियोगितामा एसियाबाट २० देशका १४६ जना खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

९ चरणसम्म सञ्चालन हुने प्रतियोगिताअन्तर्गत शुक्रबार साँझ हुने दोस्रो चरणको खेलमा थापाले जापानका ताकेनुउची अत्सुसीसँग प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगितामा फिडे रेटिङ दुई हजारभन्दा कम भएका र अधिकतम फिडेमास्टरसम्मको टाइटल प्राप्त खेलाडीको मात्र सहभागिता रहनेछ । प्रतियोगिताका विजेताले एक हजार ५०० अमेरिकी डलर नगद पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

Array
TAGGED: