बडादशैंको छैठौं दिन कात्यायनी देवीको पूजा-आराधना गरिँदै, माता कात्यायनीको बारेमा जानौ

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १५ आश्विन २०७९, शनिबार
1 Min Read
Aa

काठमाडौँ – दशैंको आज नवरात्रको छैठौं दिन विभिन्न शक्तिपीठ र घर–घरमा कात्यायनी देवीको विशेष पूजा आराधना गरिदैछ । नेपालीहरुको महान् चाड बडादेवी नवदुर्गाको छैठौं स्वरुप कात्यायनी हो । अमरकोषमा पार्वतीको दोस्रो नाम कात्यायनी भनिएको छ ।

परमेश्वरको नैसर्गिक क्रोधबाट कात्यायनी उत्पन्न भएको स्कन्द पुराणकामा उल्लेख छ । शास्त्रहरुमा उनैले सिंहमाथि सवार भएर महिषासुर नामक राक्षसको बध गरेको उल्लेख छ ।

कात्यायनी शक्तिको कहिल्यै नसकिने स्वरुपा हुन् । नवरात्रीको उत्सवको छैठौं दिन अर्थात षष्टि तिथिमा उनको पूजा आराधना गर्ने गरिन्छ । हिन्दूहरुकी देवी शक्तिरुपा नवदुर्गाका नौवटा स्वरुप छन् । देवी शक्तिरुपा नवदुर्गालाई नवरात्रभर हरेक दिन फरक–फरक स्वरुपमा पूजा आराधना गरिन्छ ।

धर्मशास्त्रमा उल्लेख भएबमोजिम प्राचीन युगमा कात्या नाम गरेका महर्षिका छोरा कात्यायान ऋषिको छोरीको रुपमा भगवतीले जन्म लिएको हुनाले उनको नाम कात्यायिनी रहन गएको कथन रहेको छ । तिनै कात्यायिनीले महिशासुरको बध गरेको शास्त्रीय मान्यता रहेको छ ।

दुर्गा देवीले आसुरी एवम् राक्षसी प्रवृत्तिबाट मानवलाई जोगाएकाले समस्त मानव जातिले नै पूजाआराधना गर्ने शास्त्रीय नियम छ । दशैंमा नौ दिनसम्म शक्तिपीठ तथा दशैंघरमा पूजा अर्चना सहित दूर्गा भगवतीको स्तोत्र पाठ गरिन्छ ।

दूर्गा कवच मन्त्र

प्रथमं शैलपुत्री च द्वितीयं ब्रह्मचारिणी।
तृतीयं चन्द्रघण्टेति कूष्माण्डेति। चतुर्थकम्।।
पंचमं स्कन्दमातेति षष्ठं कात्यायनीति च।
सप्तमं कालरात्रीति।महागौरीति चाष्टमम्।।
नवमं सिद्धिदात्री च नवदुर्गा प्रकिर्तितता ।।।

प्रतिक्रिया दिनुहोस्

Array