युक्रेनको चार क्षेत्र रुसमा गाभिएको रुसी राष्ट्रपति पुटिनको घोषणा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १४ आश्विन २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौं– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनका चार क्षेत्र रुसमा गाभिएको घोषणा गरेका छन् । पुटिनले शुक्रबार सम्बोधनको क्रममा युक्रेनका चार क्षेत्र रुसमा गाभिएको र अब उपरान्त ती क्षेत्र रुसको भाग रहेको घोषणा गरेका हुन् । उनले डोनेट्स्क, लुहान्स्क, खेर्सन र जापोरिजझियालाई रुसमा गाभेको बताएका छन् ।
आक्रामक सम्बोधनमा पश्चिमा राष्ट्रको विरोध गर्दै स्थानीय बासिन्दाले गरेको निर्णयअनुसार रुसमा गाभिएको दाबी गरेका छन् । रुसले केही दिन पहिले ‘जनमतसंग्रह’ गरेको थियो ।
त्यसमा सहभागीमध्ये अधिकांशले रुसमा गाभिने पक्षमा मत दिएको दाबी रुसको थियो । सो जनमतसंग्रहलाई युक्रेन तथा संयुक्त राष्ट्रसंघसहित अन्तर्राष्ट्रिय समुदायले आधिकारिकता प्रदान गरेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्

Array