नेपालको निर्यात सम्भावना वार्षिक १० खर्ब भएको विश्व बैंकको दावी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १४ आश्विन २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौं– नेपालले हालको भन्दा आठ गुणा बढी निर्यात गर्न सक्ने सम्भावनालाई गुमाइरहेको एक अध्ययनले देखाएको छ।
विश्व बैंकले गत वर्ष सार्वजनिक गरेको प्रतिवेदनको अध्ययनमा समेटिएका करिब ५० मुलुकमध्ये सबैभन्दा बढि निर्यातको सम्भावना खेर फाल्ने देशमा नेपाल रहेको देखाएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको कार्यक्रममा विश्व बैंकका वरिष्ठ अर्थशास्त्री गोन्जालो भरेलाले अझै सम्भावना रहेको प्रस्तुति दिएका छन् । नेपालसँग ९.२ अर्ब डलर निर्यात गर्न सक्ने क्षमता रहेको पनि उनले बताए। यसलाई गत आर्थिक वर्षको निर्यातसँग तुलना गर्ने हो भने आठ गुणा बढी सम्भावना देखिएको छ। व्यापार घाटा निरन्तर बढिरहेका बेला यो अध्ययनले सम्भावना देखाएको छ।

नेपालको निर्यात सम्भाव्यता विषयको कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै अर्थशास्त्री भरेलाले नेपालसँग एकै दिन विश्व व्यापार संगठनको सदस्य भएको अति कम विकसित मुलुक कम्बोडिया, लाओस जस्ता देशले निर्यात बढाउन सकेको हुँदा नेपालको सम्भावना अझ बलियो रहेको बताएका थिए ।
उत्पादनशील उद्योगहरुमै लाग्ने नीति अनुरुप पूर्वाधारहरु पनि तयार भइरहेको भन्दै सरकारको नीति पनि आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धन नै भएको आफूले पाएको र योजना आयोगले पनि सरकारलाई सोही अनुसार सल्लाह दिएको योजना आयोगका सदस्य डा. रामकुमार फुयालले स्पष्ट पारेका छन्।

प्रतिक्रिया दिनुहोस्