लाल मोहम्मद हत्या काण्ड: पक्राउ परेका तीन आरोपित सार्वजनिक

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १४ आश्विन २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौँ – काठमाडौँको गोठाटारमा भएको लाल मोहम्मद अन्सारीको हत्या आरोपमा पक्राउ परेका तीन जनालाई प्रहरीले सार्वजनिक गरेको छ । केही दिनअघि पक्राउ परेका उनीहरूलाई काठमाडौं प्रहरी परिसरले शुक्रबार सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा वीरगञ्ज महागरपालिका १६ का २१ वर्षीय महोरम मियाँ, वीरगञ्ज महानगरपालिका १५ का १९ वर्षीय रेहान मियाँ र मकवानपुर बकैया गाउँपालिका १ की सुमी भनिने सुस्मिता स्याङताङ रहेका छन । वीरगञ्जका महोरम र रेहानले हत्याको योजना बनाउनुका साथै हतियार व्यवस्थापन गरेको प्रहरीको अनुसन्धानमा खुलेको बताइएको छ । सुस्मिताले भने अन्सारीको गतिविधि निगरानी गरेको प्रहरीले जनाएको छ ।

गत असोज ३ गते काठमाडौंको गोठाटारस्थित जम्बुडाँडामा गार्मेन्ट व्यवसायी लाल मोहम्मदको गोली हानी हत्या भएको थियो । मोटरसाइकलमा आएका २ जनाले गोली हानी फरार भएका थिए ।

घटनाका मुख्य योजनाकार लामो समयदेखि काठमाडौं बस्दै आएका नितिन मदन भएको आशंका गरिएको छ । प्रहरीका अनुसार हाल उनी फरार छन् । घटनामा भारतीय आपराधिक समूह र उनीहरूको सहयोगीका रूपमा काठमाडौंमा रहेका व्यक्तिमाथि शंका गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array