नेपालका लागि चिनियाँ राजदूत हौ यान्छीको सरुवा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १४ आश्विन २०७९, शुक्रबार
1 Min Read
Aa

नेपालका लागि चिनियाँ राजदूत हौ यान्छीको सरुवा भएको छ । चीन सरकारले राजदूत यान्छीलाई इण्डोनेसियाको राजधानी जकार्तास्थित क्षेत्रीय सँगठनमा प्रतिनिधित्व गराउन लागेको छ  ।

राजदूत हौ ले  चार वर्षअघि सन् २०१८ को डिसेम्बर देखि नेपालको लागि चीनको राजदूत को जिम्मेवारी निवाएकी हुन्  ।

सन् १९९६ देखि चिनियाँ विदेश मन्त्रालयको सेवामा प्रवेश गरेकी राजदूत यसअघि मन्त्रालयमा दक्षिण एसियाली मामिला हेर्ने विभागकी उपनिर्देशक थिइन् । त्यसअघि पाकिस्तानस्थित चिनियाँ दूतावास र अमेरिकाको लस एञ्जलसमा रहेको चिनियाँ महावाणिज्य दूतावासमा वाणिज्य दूतको भूमिका निर्वाह गरिसकेकी थिइन्  ।

यान्सीलाई सफल कुटनीतिक मानिन्छ । उनको कार्यकाल औसत सफल मानिएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array