डिजिटल नक्साकै आधारमा बैंकहरुले ऋण प्रवाह गर्न पाउने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १४ आश्विन २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौँ – बैंक तथा वित्तिय संस्थामा जग्गा धितो राख्नका लागि एमोनिया नक्सा आवश्यक नपर्ने तथा डिजिटल नक्साकै भरमा हुने व्यवस्था लागू गरेको छ । सो सम्बन्धमा केन्द्रीय बैंकले निर्देशन जारी गर्दै डिजिटल नक्साकै आधारमा ऋण प्रवाह गर्न पाइने व्यवस्था गरेको हो ।

नयाँ नीतिसँगै हाल बैंकिङ प्रणालीमा कुनै फेरबदल आउने छैन । बैंंकहरुले विगत एक वर्षभन्दा बढि समयदेखि डिजटल नक्साकै आधारमा ट्रेस नक्सा उतारेर ऋण प्रवाह गर्दै आएका छन् ।

अब नापी विभागबाट हालै सञ्चालनमा ल्याइएको अनलाइन प्रविधिमा आधारित मेरो कित्ता प्रणालीमार्फत सेवा लिन सक्ने व्यवस्था मिलाइएकाले उक्त प्रणालीमार्फत सेवा लिन सम्बन्धित संस्थाहरूले यूजर एकाउन्ट लिई डिजिटल प्रणालीमार्फत जग्गाको नाप नक्सा तथा जग्गा प्रशासनसम्बन्धी सेवा प्रवाह निर्देशिका, २०७८’ को अनुसूची ४ बमोजिमको ढाँचामा निवेदन अपलोड गरी अनलाइन प्रणालीमार्फत कित्ता नापी नक्सा, फिल्डबुक, प्लट रजिष्टर प्रिन्ट तथा राजश्व भुक्तानीलगायतका सेवाहरू नापी कार्यालयमा उपस्थित नभइ प्राप्त गर्नसक्ने व्यवस्था मिलाइएको उल्लेख गरेको छ।

प्रतिक्रिया दिनुहोस्

Array