समयमा संसद भवन निर्माण सक्न राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाको निर्देशन

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १४ आश्विन २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौँ – राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले निर्माणाधीन संघीय संसद् भवन निर्माणको काम निर्धारित समयमै सक्न निर्देशन दिएका छन् । शुक्रबार सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनको अवलोकन गर्दै उनले निर्माण कार्य निर्धारित समयमै सम्पन्न गर्न निर्देशन दिएका हुन् ।

अध्यक्ष तिमिल्सिनाले संसद् भवन सँगसँगै अन्य संरचनाको निर्माण कार्य पनि सँगै अघि बढाउन आग्रह गरे । समयमै काम सक्नका लागि आवश्यक जनशक्ति थप गर्नुपर्ने भएमा थप गरेर भए पनि काम अघि बढाउन उनले निर्देशन दिए ।

“मलाई लाग्छ, समस्या हुँदैन पैसाको कारणले । दिन रात काम गर्ने । सँगसँगै एकसाथ लान मिल्ने जति लगौँ,” उनले भने, “सक्दो छिटो अब फेरि ६ महिनापछि थप्नु नपर्नेगरी यो काम सक्नेतिर लाग्नुस् । बरु त्यसमा कति म्यानपावर थप्नुपर्छ, के–के थप्नुपर्ने हो त्यो कुरामा जोड गर्न लगाउनुस् ।”

त्यस्तै, भवन निर्माणको दोस्रो चरणको कामका लागि टेन्डर आह्वान पनि तुरुन्त गर्नुपर्ने उनले बताए । अध्यक्ष तिमिल्सिनाले ढिलोमा आगामी संसद्को हिउँदे अधिवेशन नयाँ भवनबाट चलाउने गरी काम अगाडि बढाउन आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्