काठमाडौँ क्षेत्र नम्बर १ बाट रविन्द्र मिश्रको उमेदवारी घोषणा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १४ आश्विन २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ उमेदवारी घोषणा गरेका छन् ।

मिश्रले काठमाडौं क्षेत्र नम्बर १ बाट उमेदवारी घोषणा गरेका हुन् । विवेकशील साझा त्यागेर राप्रपासँग एकीकरण गरेका वरिष्ठ उपाध्यक्ष बनेका उनले आज उमेदवारी घोषणा गरेका हुन् ।

मिश्र २०७४ को संसदीय चुनावमा पनि सोही क्षेत्रमा उमेदवार रहेका थिए । उनी त्यसबेला नेपाली कांग्रेसका प्रकाशमान सिंहसँग थोरै मतान्तरमा पराति भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

Array