अलैँचीको निर्यात घट्दो क्रममा; नेपालीको भान्सामा अलैँची भन्दा सुकमेल नै बढि चल्छ

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १४ आश्विन २०७९, शुक्रबार
8 Min Read
Aa

राममायाँ बस्नेत

काठमाडौँ – पछिल्लो समय प्रमुख नगदेबाली अलैँचीको उत्पादन बढेसँगै निर्यात भने घट्दै गएको छ । उत्पादित वस्तु मध्ये सबैभन्दा धेरै निर्यात हुँदै आएको अलैंची चालु आव २०७८-७९ मा निर्यात  घटेको हो ।

निर्यात घट्दै गएपनि नेपाली भान्सामा अलैचीको प्रयोग भने कम देखिन्छ । होटल रेन्टुरेन्ट होस वा चाडवाडमा होस नेपालीको भान्सामा अलैची कम नै प्रयोग हुन्छ । चिया देखि हरेक परिकारमा सुकमेल प्रयोग गर्ने नेपालीको बानी  छ । तर, आयुर्वेद अनुसार भने सुकमेल भन्दा अलैची स्वास्थको लागि लाभदायीक भएको बताइन्छ ।

यो वर्ष  ३५ करोड ६५ लाख ७८ हजार रुपैयाँ बराबरको ४ लाख ५३ हजार केजी अलैंची निर्यात भएको छ । जुन गत वर्षको तुलनामा २५.१३ प्रतिशतले कमी हो । गत वर्ष  कोरोनाको समयमा  एक महिनाको अवधिमा नेपालबाट ४७ करोड ६२ लाख ६४ हजार रुपैयाँको ५ लाख ९५ हजार केजी अलैंची निर्यात गरेको थियो ।

नेपाल अलैंची व्यवसायी संघका उपअध्यक्ष पार्वता विमली खरेलका अनुसार “गत वर्ष खडेरीका कारण अलैँची उत्पादन कम भएको थियो । व्यवसायीले सुरुमा अलैँची होल्ड गरेका थिए । त्यसकारण पनि अलैँचीको मूल्य बढेको हो,’ । ‘तर, पछि व्यवसायीले घाटा खाएर आफैँ बेच्न थाले । ५० हजार प्रतिमन किनेको अलैँची ३५ हजारसम्म पनि बेचे ।’

आत्मानिर्भर अर्थतन्त्र बन्नको लागि आफ्नो देशमा उत्पादन हुने बस्तुहरु उपयोग गर्न आवश्यक रहेको उनले बताइन । त्यसमा पनि अलैची बहुगुणी रहेको उनको दाबी छ । सुकमेललाई प्रतिस्थापन गर्न अलैचीको प्रयोग हर घरमा हुन आवश्यक रहेको उनको भनाई छ । जसले गर्दा सुकमेल आयतमा कम हुनुको साथै स्थानीय उत्पादनले बजार आफ्नै देशमा पाएपछि किसान पनि मर्कामा नपर्ने उनको बुझाई छ ।

यसपटक अलैँचीको उत्पादन बढ्ने भएका कारण अलैँचीको मूल्य घटेको उनले गोरक्षापोष्टसँग  बताइन । भारतको असाम क्षेत्रमा सबैभन्दा धेरै अलैँची उत्पादन हुन्छ । यसपटक त्यहाँ पनि अलैँचीको उत्पादन बढेकाले नेपालमा मूल्य घटेको उनले बताइन । ‘अलैँचीको मूल्य अन्तर्राष्ट्रिय बजारमा पनि भरपर्छ । माग बढ्यो भने मूल्य बढ्छ ।

अलैंची क्षेत्रबाट नेपालले वार्षिक अर्बौ रुपैयाँको निर्यात गर्दै आएको छ । उत्पादनमध्ये ४ प्रतिशतमात्रै नेपाली बजारमा खपत हुने र बाँकी अलैंची पूर्ण रुपमा निर्यात हुने गर्छ ।  नेपालले गत वर्ष ४ अर्ब ८१ करोड ३४ लाख ६५ हजार रुपैयाँको ५३ लाख ६७ हजार ४४३ केजी अलैंची निर्यात गरेको तथ्याङ्क छ ।

त्यसैगरी, यता होटल संघ नेपालले अलैंचीलाई नेपालकै भान्सामा लोकप्रिय बनाई आन्तरिक खपत समेत बढाउन पहल थालिएको जनाएको छ । नेपालमै उत्पादन हुने अलैंचीलाई थोरै मूल्यमा कच्चा पदार्थका रुपमा मात्र निर्यात गर्दा यसले वास्तविक मूल्य नपाएको अवस्थामा होटल व्यवसायीले भने नेपालकै भान्सामा अलैंचीको प्रयोग बढाउन पहल थालेका हुन् ।

होटल संघका अनुसार एक पुस्तक प्रकाशित गरिने जसमा नेपाली परिकारमा अलैंचीको प्रयोग कसरी गर्न सकिन्छ भन्नेबारे विस्तृत उल्लेख गरिनेछ । जसले नेपालीको भान्सामा अलैचीको प्रयोग बढाउन सहयोग पुग्ने विश्वास लिइएको छ ।

नेपालले आर्थिक वर्ष २०७७-७८ मा ७ अर्ब २ करोड २४ लाख ९३ हजार रुपैयाँ बराबरको ८८ लाख ५७ हजार ३४२ केजी अलैंची निर्यात गरेको थियो । सो रकम र परिमाणमा निर्यात भएको तथ्याङ्क हालसम्मकै उच्च हो । अघिल्लो वर्षको तुलनामा गत वर्ष भने ३१ प्रतिशतले घटेको तथ्याङ्क छ । त्यस्तै, नेपालले आव २०७६-७७ मा ४ अर्ब १ करोड ९२ लाखको र आव २०७५-७६ मा ४ अर्ब २८ करोड ४२ लाख रुपैयाँको निर्यात गरेको थियो ।

सरकारी तथ्याङ्कले भने गत वर्ष सबैभन्दा बढी अलैंची उत्पादन भएको उल्लेख छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको आर्थिक सर्वेक्षणअनुसार गत वर्ष ११ हजार ६२१ मेट्रिक टन अलैंची उत्पादन भएको देखाउँछ । जुन विगतको वर्षहरूमा सो परिमाणमा उत्पादन हुन सकेको थिएन ।

यो वर्ष प्रतिकेजी ७ सयदेखि ८ सयसम्म र प्रतिमन २८ हजारदेखि ३२ हजार रुपैयाँसम्म बिक्री भइरहेको छ ।आर्थिक सर्वेक्षण अनुसार आर्थिक वर्ष २०७५-७६ मा ७ हजार ९५४ मेट्रिक टन, आव २०७६-७७ मा ९ हजार ५४५ मेट्रिक टन र आव २०७७-७८ मा ८ हजार २८९ मेट्रिक टन उत्पादन भएको थियो ।  विगतमा प्रतिकेजी नै सय २५ रुपैयाँसम्म बिक्री भएको अलैंचीको मूल्य भने पछिल्लो समय घट्दो क्रममा रहेको संघले जनाएको छ । संघकाअनुसार २०७० सालदेखि अलैंचीको मूल्य घट्दो क्रममा छ ।

आर्थिक वर्ष

निर्यात

उत्पादन

२०७५-७६

४ अर्ब २८ करोड ४२ लाख रुपैयाँ ७ हजार ९५४ मेट्रिक टन
२०७६-७७ ४ अर्ब १ करोड ९२ लाख ९ हजार ५४५ मेट्रिक टन
२०७७-७८ ७ अर्ब २ करोड २४ लाख ९३ हजार रुपैयाँ ८ हजार २८९ मेट्रिक टन
२०७८-७९ ३५ करोड ६५ लाख ७८ हजार रुपैयाँ ४ लाख ५३ हजार केजी

नेपाली अलैँची कतार, चीन, भारत पाकिस्तान, जर्मनी, ताइवान, सिगापुर र युएई जाने गरेको छ। त्यसमध्ये सबैभन्दा बढी नेपाली अलैंचीको बजार भारतले लिएको तथ्याङ्कले देखाएको छ।

नेपालमा ४३ वटा जिल्लामा अलैंची उत्पादन हुँदै आएको भनिए पनि अहिले ५३ वटा जिल्लामा उत्पादन हुने गरेको संघले जनाएको छ । अलैंची ताप्लेजुङ, संखुवासभा, पाँचथर, इलाम, खोटाङ, धनकुटा, तेह्रथुम लमजुङ, गोर्खा, दोलखा, रामेछाप, काभ्रे, कास्कीलगायतका जिल्लामा उत्पादन हुने गरेको छ ।

नेपालमा  सुकुमेल भने बर्षेनि आयात बढ्दै गएको भन्सार विभागको तथ्यांकले देखाएको छ । भाई मसालमा प्रयोग हुने सुकुमेल जति महंगो भए पनि सबै नेपालीको भान्सामा हुने गर्दछ तर, अलैची भने राख्ने चलन छैन । चालु आर्थिक वर्षको साउनमा ४ करोड ५८ लाख २४ हजार रुपैयाँ बराबरको ३० हजार ५ किलो सुकुमेल आयात भएको विभागको तथ्यांक छ ।

आर्थिक वर्ष ०७७-७८ मा ३९ करोड १ लाख १५ हजार रुपैयाँको २ लाख ७८ हजार ४९४ किलो सुकुमेल आयात भएको थियो । गत आर्थिक वर्ष ४४ करोड ६६ लाख ६९ हजार रुपैयाँ बराबरको २ लाख ९९ हजार ६१ किलो आयात भएको थियो । अलैंचीलाई घरेलु बजारमा शतप्रतिशत आयात हुने सुकुमेलले प्रतिस्थापन गरिरहेको नेपाल अलैंची व्यवसायी महासंघले जनाएको छ ।

अलैँचीको फलको फाइदा

क्यान्सर रोक्न

अलैँचीमा क्यान्सर रोक्न सक्ने रसायन पाइन्छ । अलैँचीमा पाइने इण्डोल-३, कार्बोनल, डायइन्डोलिल मिथनले क्यान्सरको कोशीकाको बृद्धी रोक्न मद्धत गर्छ ।

रिंगटाबाट मुक्ति पाउन
पानको ताजा हरियो पत्तामा अलैँचीको दाना मिसाएर खानाले रिंगटा लाग्ने, आत्तिने समस्याबाट राहत पाउन सकिन्छ । यस्तै, बान्ता भएपछि अलैँचीको २-४ दाना चपाउनाले मुखको स्वाद परिवर्तन हुन्छ र सहज महसुस हुन्छ ।

अपचबाट मुक्ति
अलैचीलाई अपचको समस्या कम गर्नका लागि पनि प्रयोग गर्न सकिन्छ । यसले पाचन प्रक्रियालाई फाइदा पुर्याउँछ ।

यौनशक्ति बृद्धी र नपुंसकता हटाउन
अलैचीको प्रयोगले मानिसको यौनशक्ति बृद्धी गर्नुका साथै नपुंसकता पनि बिस्तारै हटाउन मद्धत गर्छ ।

पिसाबको समस्या
जुन मानिसहरुमा पिसाब गर्दा दुख्ने या अन्य कठिनाई हुने गर्छ उक्त मानिसले अलैँचीलाई ल्वांगसँग प्रयोग गर्नाले बिस्तारै उक्त समस्याबाट मुक्ति मिल्छ । यस्तै, अलैँचीलाई नीमको जराको रस तयार गरेर रसको २० ग्राममा दुई चिम्टी अलैँचीको धुलो मिसाएर खान दिनाले पिसाबका समस्याबाट मुक्ति पाउन सकिन्छ ।

विषाक्त पदार्थ फ्याँक्न
अलैचीको प्रयोगले पिसाब प्रणालीसँग जोडिएका मृगौला, ब्लाडरबाट धेरै नुन, पानी र विभिन्न टक्सिन्स निस्किन्छ ।

अलैचीको बोटको फाइदा

अलैचीको सुकेको बोटलाई पनि आम्दानीको स्रोत बनाउन थालेका छन् । सुकेको अलैचीको बोटको रेसाबाट घरमा उपयोग हुने पिरा, चट्टि, डाली, झोला लगायतका सामान बनाउन मिल्छ ।

अलैचीको बोटको रेशाबाट सामान बनाउनको लागि केहिमा भने तानको प्रयोग गर्नु पर्ने हुन्छ । केही सामाग्री भने बसेर बनाउन मिल्ने पनि हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

Array