युक्रेनी भू–भाग कब्जा गर्ने रुसी कदमलाई मान्यता दिदैनौँ : बाइडेन

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १४ आश्विन २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौँ – अमेरिकाले कहिल्यै पनि युक्रेनको भू–भाग कब्जा गर्ने रुसी प्रयासलाई मान्यता नदिने राष्ट्रपति जो बाइडेनले बताएका छन् । रुसी राष्ट्रपति भलादिमिर पुटिनको शुक्रवार युक्रेनका चारवटा नयाँ क्षेत्र रुसमा गाभिएकोबारे औपचारिक घोषणा कार्यक्रम सुरु हुनु अघि बाइडेनले यस्तो बताएका हुन् ।

क्रेमलिनले हालै सम्पन्न जनमत संग्रहमा युक्रेनका लुहान्स्क, दोनेत्स्क, जापोरिझझिया र खेर्सोनका वासिन्दाले रुसको भू–भागमा विलय हुने पक्षमा मतदान गरेको जनाएको छ । तर, युक्रेन र पश्चिमी जगतले यस मतदानलाई ‘बहानावाजी’ मात्र भएको भन्दै आलोचना गरेका छन् । ती भू–भाग कब्जा गरे वापत अमेरिकाले रुसमाथि नयाँ नाकावन्दी लगाउनेछ ।

बिहीबार पुटिनले जापोरिझझिया र खेर्सोन स्वतन्त्र भू–भागको मान्यता दिने दुईवटा घोषणा पत्रमा हस्ताक्षर गरेका थिए । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेर्रेसले फौज प्रयोग गरेर कुनै पनि मुलुकको भू–भाग कब्जा गर्दा संयुक्त राष्ट्र संघको बडापत्र र अन्तर्राष्ट्रिय कानुनको उल्लंघन हुने प्रतिक्रिया दिएका छन् ।

टर्कीका राष्ट्रपति रिसेप तायिप एर्दोगानले पनि पुटिनलाई टेलिफोन गरी रुसको यस कदमप्रति आफ्नो असहमति प्रकट गरेका छन् । युक्रेन युद्ध सुरु भएदेखि नै एर्दोगान युद्ध समाप्तिका लागि मध्यस्थकर्ताको भूमिकामा छन् ।
बीबीसी

प्रतिक्रिया दिनुहोस्

Array