सरकारले डेंगी नियन्त्रणमा गरेको काम मलाई पटक्कै चित्त बुझेको छैन: गगन थापा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १४ आश्विन २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले डेंगी नियन्त्रणमा सरकारले काम नगरेको बताएका छन् । उनले अहिलेको सरकारले डेंगी नियन्त्रणमा गरेका काम आफूलाई पटक्कै चित्त नबुझेको बताएका छन ।

शुक्रबार काठमाडौं चावहिलको एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले अहिलेको सरकार डेंगी नियन्त्रणमा जिम्मेवारी बहन गर्न चुकेको बताए । उनले तीनै तहका सरकारले गरेको काम पटक्कै चित्त नबुझेको बताएका हुन् ।

“सरकारले काम गरेको छैन, पटक्कै चित्त बुझेको छैन,” थापाले भने, “हामीले कोभिडको बेला अर्को सरकारलाई भन्यौँ । तर, अहिले हाम्रै सरकारले काम गरेन ।”

थापाले आपतकालीन बैठक बसेर तीनै तहका सरकार मिलेर अस्पतालको व्यवस्थापनदेखि डेंगी नियन्त्रणका लागि साझा योजनाबाट काम गर्नुपर्ने बताए । उनले चाडबाडका बेला डेंगीको प्रकोप बढ्ने देखिएकाले सरकारले त्यसमा ध्यान दिएर काम गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

Array
TAGGED: