एसियन कप छनोटको लागि नेपाली टिम घोषणा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १४ आश्विन २०७९, शुक्रबार
2 Min Read
Aa

काठमाडौँ – यू–१७ टोलीका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले बिहीबार एफसी यू–१७ एसियन कप छनोट प्रतियोगिताका लागि २३ सदस्सीय टोलीको घोषणा गरेका छन् । यू–१७ साफ खेलेको टोलीमा मुख्य प्रशिक्षक श्रेष्ठले दुई खेलाडी परिवर्तन गरेका छन् । उनले मिरिक लिङदेन र प्रितम कार्कीको स्थानमा राम थापा र श्रेयान्स मानन्धरलाई टोलीमा समावेश गरेका छन् ।

सेप्टेम्बर ५ देखि १४ सम्म श्रीलंकाको कोलम्बोमा सम्पन्न यू–१७ साफमा नेपाल उप विजेता बनेर फर्किएको थियो । नेपाली टोलीले समूह चरणमा भारतलाई ३–१ ले हराएको थियो । तर, फाइनलमा त्यही भारतसँग ४–० ले पराजित भएपछि नेपाल उपविजेतामा सीमित बनेको थियो ।

नेपाल फर्किएपछि मुख्य प्रशिक्षक श्रेष्ठले १६ सेप्टेम्बरमा ३० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका थिए । त्यसबाट श्रेष्ठले बिहीबार २३ सदस्सीय टोलीको घोषणा गरेका हुन् ।

नेपाल ‘यू–१७ एसियन कप’ छनोटको समूह ‘एफ’मा छ । यो समूहका सबै खेल पूर्वी एसियाको भियतनाममा हुँदैछ ।

समूहमा नेपाल र घरेलु टिम भियतनामसँगै थाइल्यान्ड र चाइनिज ताइपेई छन् । नेपालले पहिलो खेलमा अक्टोबर ५ मा थाइल्यान्ड, ७ मा भियतनाम र ९ मा चाइनिज ताइपेईको सामना गर्नेछ ।

नेपाली टिम :
गोलकिपर – समिर चन्द, रुविन भोगाटी, कृशल मोक्तान
रक्षक – मदन पौडेल, युनिस मगर, दीपक थापामगर, निशान्त तामाङ, विक्रम तामाङ, सेमन्त थापा, अश्विन घोरासैनी, धिरज विश्वकर्मा, राम थापा,
मिडफिल्डर स् हरिशराज भट्ट, प्रशान्त लक्षम, विनोद केसी, श्रेयान्स मानन्धर, निरज कार्की, सारोज दर्लामी, युनिश बुढाथोकी, लचु थापा, धनसिंह विक
फरवार्ड स् सुवास बम, सिजल राई

प्रतिक्रिया दिनुहोस्

Array