देउवाले ३० प्रतिशत हिस्सा शेखर समूहलाई दिने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १३ आश्विन २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौँ – नेपाली काँग्रेसभित्र देखिएको विवाद समाधानका लागि सभापति शेरबहादुर देउवाले ३० प्रतिशत हिस्सा दिन तयार भएका छन् । सम्मानजनक भागबण्डाको माग गर्दै शेखर-गगन समूहले लगातार दबाब बढाउँदै लगेपछि सभापति एवं प्रधानमन्त्री देउवाले ३० प्रतिशत हिस्सा दिन तयार भएका हुन ।

पार्टीभित्र सङ्घर्ष, त्याग तथा लोकतान्त्रिक आन्दोलनमा पुर्‍याएको योगदानका आधारमा कसैलाई अन्याय हुन नदिनेमा प्रधानमन्त्री प्रतिबद्ध रहेको सचिवालयका एक सदस्यले बताए । असोज ३ गते काँग्रेसले निर्वाचन आयोगमा पेस गरेको बन्दसूची एकपक्षीय भएको भन्दै शेखर-गगन समूहले खबरदारीका कार्यक्रमहरू गरिरहेको छ । यो समूहका नेता-कार्यकर्ताले हिजो पार्टी केन्द्रीय कार्यालयमा धर्नासमेत दिएको थियो ।

अहिले सभापति देउवाले शेखर कोइरालासहित सो समूहका शीर्ष नेता र पार्टी पदाधिकारीलाई बालुवाटार डाकेर छलफल गरिरहेका छन् । बन्दसूची संशोधन गर्ने सम्बन्धमा छलफल भइरहेको स्रोतले बताएको छ।

प्रतिक्रिया दिनुहोस्

Array
TAGGED: