लघुबीमाको लाईसेन्समा ३१ कम्पनीको आवेदन

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १३ आश्विन २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौँ – लघुबीमाको लाईसेन्समा ३१ कम्पनीको आवेदन परेको छ । आज मध्यान्ह १२ बजेसम्म दिन पाउने आवेदनमा ३१ कम्पनीले आवेदन दिएका हुन् । यी ३१ कम्पनीहरुले अन्मिम दिनमा आज आवेदन दिएका हुन् । आज अन्तिम दिनमा एकैदिनमा २० जनाले आवेदन दिएका हुन् ।

लघुबीमा प्रति निर्जीवन बीमा कम्पनीहरूको आकर्षण नदेखिएपछि सरकारले लघुबीमाको सीमा नै तोकिदिएको थियो । तर पनि लघुबीमाको पहुँच नबढेको भन्दै सरकारले नै लघुबीमा ल्याउने बाटो खुल्ला गरिदिएको आवेदनमा आज १२ बजेसम्म मात्रै आवेदन खुल्ला रहेको थियो ।

समितिको साउन ३१ गते बसेको संचालक समितिको बैठकले लघु बीमक संस्थापना तथा दर्ता सम्बन्धी निर्देशिका, २०७९ स्वीकृत गरेसँगै समितिलाई लघु बीमा व्यवसाय गर्ने कम्पनीलाई लाईसेन्स दिने बाटो खुलेको हो। सोहि अनुसार समितिले आवेदन आह्वान गरेको थियो । उक्त म्याद आज सकिएको हो ।

बीमा समितिको निर्देशिका अनुसार लघुबीमा कम्पनी पब्लिक कम्पनीको रुपमा दर्ता हुनु पर्नेछ। चुक्ता पुंजी समितिले तोके बमोजिम हुने उल्लेख छ। संथापकले कम्तिमा ५१ प्रतिशत शेयर धारण गर्नु पर्ने उल्लेख छ । ३० प्रतिशत शेयर आईपिओ मार्फत सर्वसाधारणलाई निष्काशन गर्नु पर्ने छ। ५ प्रतिशत शेयर कर्मचारीलाई दिन सकिने छ ।

चुक्ता पुँजी प्रस्ताव गर्दा ७५ करोड भन्द कम नहुने गरि प्रस्ताव गर्नु पर्ने छ ।

प्रतिक्रिया दिनुहोस्

Array