शङ्करदेवका उप-प्राध्यापकमाथि अभद्र व्यवहार

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १३ आश्विन २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौँ – शङ्करदेव क्याम्पसका उप-प्राध्यापक रवीन्द्र भट्टराईलाई नेविसंघका कार्यकर्ता विवेक लामाले अभद्र व्यवहार गरेका छन् । शङ्करदेवमा सञ्चालित प्राइभेट कार्यक्रमहरू बीबीई, बीबीए फाइनान्स, बीपीएम, बीआईएमको भर्ना अन्तिम समय बुधबार थियो ।

बीआईएमका कोअर्डिनेटर रहेका उपप्राध्यापक रवीन्द्र भट्टराईलाई लामाले आफूले सिफारिस गरेको विद्यार्थी भर्ना गर्न दबाब दिँदै अभद्र व्यवहार गरेका थिए । उप-प्राध्यापक रवीन्द्र भट्टराईले भने, ‘मेरा मान्छे भर्ना गर्दे भनेर दबाब दिए । मैले नियमभन्दा बाहिर गएर भर्ना गर्न नमान्दा अभद्र व्यवहार गरे ।’ अभद्र व्यवहार गरे पनि उनले कतै उजुरी गरेका छैनन् ।

- Advertisement -
Ad imageAd image

यो व्यक्तिगत नभई संस्थागत भएकोले यसलाई क्याम्पस प्रशासनले कसरी सम्बोधन गर्ने भन्ने निर्णय लिनुपर्ने बताए । प्राध्यापक सङ्घ इकाईले क्याम्पसभित्र प्राध्यापकहरूमाथि हुने दुर्व्यवहार अन्त्य हुनुपर्ने र संलग्न व्यक्तिलाई कारबाही गर्न माग गरेको छ ।

गत वर्ष पनि लामाले सहायक क्याम्पस धनराज चालिसेलाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका थिए ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्