मन्दिर प्रवेश गरेको निहुँमा सुनारमाथि निर्घात कुटपिट

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १३ आश्विन २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौँ – बाजुरामा मन्दिर प्रवेश गरेको भन्दै दलित समुदायका एक जना निर्घात कुटिएका छन । जिल्लाको त्रिवेणी नगरपालिका–७ स्थित नाटेश्वरी मन्दिरमा नवरात्रको पुजा गर्न गएका बुढिगंगा नगरपालिका घर भइ हाल कञ्चनपुर बस्दै आएका टेकेन्द्र सुनार कुटिएका हुन् ।

त्रिवेणी नगरपालिका–७ का वडाध्यक्ष जुद्धबहादुर अयडीको संलग्नतामा मन्दिर प्रवेश गरेको निहुँमा आफूमाथि कुटपिट गरिएको भन्दै सुनारले निवेदन प्रहरीमा दिएको बताएका छन ।

निवेदनका आधारमा वडाध्यक्ष अयडीलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको प्रहरीले जनाएको छ । कुुटपिटमा संलग्न रहेको आरोप लागेका सोही ठाउँका रंगप्रसाद उपाध्याय र बिनोद ऐडी फरार रहेकाले उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array