काठमाडौँ – समानुपातिक पद्धतिमा दलहरूले अपाङ्गता भएका व्यक्तिलाई उम्मेदवार नबनाएको भन्दै निर्वाचन आयोगमा उजुरी परेको छ । अपाङ्गता भएका व्यक्तिलाई समानुपातिकको बन्द सूचीमा समावेश गर्नुपर्ने संविधानको व्यवस्था भए पनि दलहरूले पालना नगरेको भन्दै काठमाडौं महानगरपालिका १२ का मदन तिवारीले उजुरी दिएका हुन् ।
उजुरीमा तिवारीले संविधान र ऐनहरू समेत दलहरूले उल्लङ्घन गरेको उल्लेख गरेका छन् । अपाङ्गता भएका व्यक्ति समावेश नगरिएको बन्दसूचीलाई सच्याउन सूचित गर्न समेत आयोगलाई उनले आग्रह गरेका छन् ।
बन्दसूची बुझाउँदा दलहरूले संविधानको धारा १७६ ९७०, समानुपातिक निर्वाचन निर्देशिका, २०७९ को नियम १३, प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा २८ ९६० तथा प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा २८ ९६० को उल्लङ्घन गरिएको उजुरीमा उल्लेख छ ।
संविधानले अपाङ्गता भएका व्यक्तिको समेत प्रतिनिधित्व हुने व्यवस्थालाई उल्लङ्घन गरिएको उजुरीमा उल्लेख छ ।


प्रतिक्रिया दिनुहोस्