नयाँ टीएमएस अंग्रेजी नयाँ वर्षबाटै सञ्चालनमा आउने, मोबाइल एपबाट पनि चल्ने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १२ आश्विन २०७९, बुधबार
2 Min Read
Aa

काठमाडौँ – श्रीलंकन कम्पनीबाट निर्मित नयाँ कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) अंग्रेजी नयाँ वर्ष २०२३ बाट सञ्चालनमा आउने भएको छ। त्रिशक्ति सेक्युरिटिज (स्टक ब्रोकर नं. ४८) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) टंकप्रसाद गौतमले आउँदो अंग्रेजी नयाँ वर्षबाट नयाँ टीएमएस सञ्चालनमा आउने जानकारी दिएका हुन्।

उनका अनुसार हाल नेपाल स्टक एक्सचेन्ज (नेप्से) बाट ३३ वटा ब्रोकरहरुले नयाँ टीएमएस सञ्चालनका लागि लेटर अफ इन्टेन्ट (एलओआई) पाइसकेका छन्। ‘यो भनेको आवश्यक पूर्वाधार निर्माण गर्न स्वीकृति हो’, उनले भने, ‘जुन ब्रोकरहरुले पूरा गरिसकेका छन्।’

गौतमले अहिले नयाँ टीएमएसलाई सीडीएससीसँग सिस्टमसँग जोड्ने काम पनि भइरहेको जानकारी दिए। ‘दसैँ र तिहारको बीचमा नयाँ टीएमएसका लागि नेप्सेबाट एपीआई पोलिसी उपलब्ध हुनेछ’, उनले भने, ‘एपीआई पोलिसी आएको केही दिनमै नयाँ टीएमएसको परीक्षण सुरु हुनेछ।’

गौतमका अनुसार ३३ वटा ब्रोकरहरुले नयाँ टीएमएसबाट कारोबार गर्नेछन्। ‘एक ब्रोकरले आफ्नै टीएमएस र बाँकी १६ वटाले भने पुरानै टीएमएस चलाउनेछन्’, उनले भने।

नयाँ टीएमएस थप क्षमता र फिचरसहितको हुने गौतमले जानकारी दिए। ‘यो टीएमएस पोर्टफोलियो म्यानेजमेन्ट तथा प्राविधिक विश्लेषणको टुल तथा रियल टाइम कारोबारको डाटा पनि उपलब्ध हुनेछ’, उनले भने, ‘यसमा बेसिक भर्सनका लागि लगानीकर्ताले कुनै चार्ज तिर्नुपर्ने छैन। तर, एड्भान्स सुविधाका लागि भने निश्चित चार्ज लाग्न सक्नेछ।’

अहिलेको आवश्यकताअनुसार नयाँ टीएमएसबाट लगानीकर्ता सन्तुष्ट हुने छन । गौतमका अनुसार नयाँ टीएमएस अब हरेक ब्रोकरहरुको मोबाइल एपबाट पनि चल्ने  र  डाउनलोड गरेपछि टीमएस खोलेर सहज रुपमा कारोबार गर्न सकिने छ।

प्रतिक्रिया दिनुहोस्

Array