विश्वविख्यात स्की पर्वतारोही हिलारी नेल्सनको शव फेला

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १२ आश्विन २०७९, बुधबार
0 Min Read
Aa

काठमाडौँ – मनास्लु हिमालमा गत सोमबारदेखि हराइरहेकी विश्वविख्यात स्की आरोही हिलारी नेल्सनको शव फेला परेको छ । अमेरिकी नागरिक नेल्सन आज बिहान मृत भेटिएकी हुन् ।

मनास्लु हिमालमा स्की गर्ने क्रममा उनी भिमाथाङ क्षेत्रबाट हराएकी थिइन् । उनी हराएपछि खोजीका लागि शेर्पाहरुको टोली परिचालन गरिएको थियो । उनीहरुले शव भेटेको खबर गरेपछि हेलिकोप्टर त्यसतर्फ पठाइएको छ ।

- Advertisement -
Ad image
गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्