तोकिएको भन्दा बढी भाडा लिन खोज्ने १६ जना पक्राउ

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १२ आश्विन २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौँ – चाडपर्वको समयमा यात्रुहरुसँग तोकिएको भन्दा बढी भाडा लिन खोज्ने १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । आज बिहान उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथको टोलीले काटेश्वरबाट ८ जना र नयाँबसपार्कबाट ८ जनालाई पक्राउ गरेको हो । पक्राउ परेका सबैलाई प्रहरी प्रभाग कोटेश्वर र गंगबुमा राखिएको छ ।

चाडपर्वको समयमा यात्रुहरुलाई अनाबश्यक हैरानी दिने, तोकिएको भन्दा बढी भाडा लिने, टिकटमा तोकिएको सिट नदिने जस्ता बिभिन्न गतिबिधी गर्ने कार्यमा संलग्न रहेका ब्यक्तीहरुलाई प्रहरीले पक्राउ गर्दै आएको छ ।

- Advertisement -
Ad image

पक्राउ परेका उनीहरुमाथी आवश्यक अनुसन्धान गरी कानुन बमोजिम कारबाही गरिने उपत्यका ट्राफिक प्रहरी कार्यालय बताएको छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्