अमेरिकी सहायक विदेश मन्त्री एलिजावेथ केनेडी ट्रुडो काठमाडौंमा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १२ आश्विन २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौँ – अमेरिकी सहायक विदेशमन्त्री एलिजावेथ केनेडी ट्रुडो नेपाल भ्रमणमा आएकी छन। आज बिहान काठमाडौं आइपुगेकी ट्रुडो १२ दिनसम्म एसियाली मुलुकहरूमा रहनेछिन् ।

अमेरिकी विदेश मन्त्रालयका अनुसार ट्रुडोले नेपालमा दुष्प्रचारविरुद्ध विभिन्न कार्यक्रममा सहभागी हुनेछिन् । अमेरिकाले अफगानिस्तानमा सामाजिक समता, मिडिया फ्रिडम र जलवायुका विषयमा गरेको सहयोगलाई चीन र रुसले दुष्प्रचार फैलाएको आरोप लगाएको छ ।

- Advertisement -
Ad image

ट्रुडोले काठमाडौँमा रहँदा मिथ्या समाचार र सञ्चारमाध्यमको भूमिका विषायक अन्तर्क्रिया कार्यक्रममा समेत सहभागी हुने छिन्। उनले नेपालसँगै उज्बेकिस्तान, युएई र काजकिस्तानको समेत भ्रमण गर्ने छिन्।

नेपालपछि ट्रुडो यूएई, उज्बेकिस्तान र किर्गिस्तानको भ्रमणमा जाने अमेरिकी विदेशमन्त्रालयले जनाएको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्