तालिबानले बन्दीहरुको हत्या गरेको राष्ट्रसंघको आरोप

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १२ आश्विन २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौँ – अफगानिस्तानमा तैनाथ संयुक्त राष्ट्रसंघीय नियोगले तालिबानका लडाकुले मुलुकको पञ्जशीर प्रान्तमा बन्दीहरुको हत्या गरेको आरोप लगाएको छ । अफगानिस्तानमा तैनाथ संयुक्त राष्ट्रसंघको नियोग (युनामा) ले तालिबानका लडाकुले बन्दीहरुको हत्या गरेको सूचना ‘विश्वसनीय’ रहेको जनाएको हो ।

अफगानिस्तानमा संयुक्त राष्ट्रसंघीय सहायता मिसन (युनामा) ले विज्ञप्ति जारी गर्दै मुलुकको पञ्जशीरमा तालिबान लडाकुले बन्दीहरुको हत्या गरेको सूचना विश्वसनीय भएको जनाएको हो । उक्त प्रान्तमा नेशनल रेजिस्टेन्स फ्रन्ट एनआरएफ नामक समूहले तालिबानविरुद्ध सशस्त्र अभियान सञ्चालन गर्दै आएको छ ।

अफगानिस्तानबाट प्रकाशित हुने खामाप्रेसका अनुसार केही समयअघि तालिबानका लडाकुले एनआरएफका संदिग्ध लडाकुलाई गोली हानेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो । युनामाले घटनाबारे निष्पक्ष छानबिन गर्न र घटनामा संलग्नलाई कारवाही गर्न समेत तालिबानसमक्ष माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array