कृषि बीमाको रकम नपाएपछि पीडित किसान आन्दाेलित

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ११ आश्विन २०७९, मंगलवार
1 Min Read
Aa

निजगढमा कृषि बीमाको रकम नपाएपछि पीडित किसान आन्दाेलनमा उत्रिएका छन् । मंगलबार बीमाबापतको रकम माग गर्दै केरा उत्पादक तथा फलफूल व्यवसायी संघ निजगढमा आवद्ध किसानले निजगढमा प्रदर्शन गरेका छन् ।

पटकपटक माग गर्दा पनि केराको बीमा रकम नपाएपछि बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको केरा उत्किपादक किसानको गुनासो रहेको छ । दुई दिनभित्रमा रकम प्राप्त नभए सडक आन्दोलन गर्ने थप सशक्त रुपमा चरणवद्ध आन्दोलन गर्ने किसानहरूले बताए ।

यस्तै बीमा रकम माग गर्दै संघका अध्यक्ष एकबहादुर श्रेष्ठको नेतृत्वमा रहेको निजगढका किसानहरुको अर्को टोली कृषिमन्त्री मृगेन्द्रकुमार सिंह र मन्त्रालयका सचिव गोविन्द शर्मासँग भेट गरेर किसानको बीमा रकम तत्काल उपलब्ध गराउन माग गरेको छ ।

तत्कालीन हिमालयन इन्स्याेरेन्स कम्पनी हाल हिमाल एभरेष्ट इन्स्याेरेन्समार्फत निजगढका किसानले केरा खेतीको बीमा गरेका थिए । निजगढका किसानहरुले कम्पनीसँग बीमाबापतको करिब ६ करोड रुपैया भुक्तानी लिन बाँकी छ । सम्झौताअनुसार बीमा कम्पनीले प्रतिकठ्ठा केराको क्षतिमा किसानलाई १४ हजारदेखि १५ हजार रुपैयासम्म क्षतिपूर्ति दिनुपर्ने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्

Array