वैदेशिक रोजगारीमा ठगीमा पर्नेहरूलाई ४८ करोड बढी क्षतिपूर्ति

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ११ आश्विन २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौँ – सरकारले वैदेशिक रोजगारीका क्रममा ठगीमा पर्नेहरूलाई ४८ करोड रुपैयाँभन्दा बढी क्षतिपूर्ति उपलब्ध गराएको छ । मंगलबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले आफ्नो ९० दिने कार्यकालमा भएका प्रगति विवरण सार्वजनिक गर्न आयोजित पत्रकार भेटघाट कार्यक्रममा यसबारे जानकारी दिएका हुन् ।

मन्त्री कुँवरले वैदेशिक रोजगारीका क्रममा ठगी गर्ने, अलपत्र पार्ने र सम्झौतामा उल्लेख भए अनुसार काममा नलगाउने जस्ता कार्य गराएको भनी वैदेशिक रोजगार विभागमा आएको निवेदनका आधारमा चालु आर्थिक वर्षमा पीडकबाट क्षतिपूर्ति भराएको ४८ करोड ४ लाख ८५ हजार रुपैयाँ पीडितलाई उपलब्ध गराइएको बताएका छन ।

उनले वैदेशिक रोजगारीको क्रममा भएका ठगीको उजुरी प्रमुख जिल्ला अधिकारीले हेर्न पाउने र उजुरी उपर कारबाही गरी पीडितलाई क्षतिपूर्ति दिलाउने व्यवस्थाको कार्यान्वयन प्रभावकारी बनाइएको पनि बताएका छन।

प्रतिक्रिया दिनुहोस्

Array