अमेरिकी सहायक विदेश मन्त्री एलिजावेथ केनेडी भोली नेपाल आउँदै

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ११ आश्विन २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौँ – अमेरिकी सहायक विदेशमन्त्री एलिजावेथ केनेडी ट्रुडो बुधबार (भोलि) नेपाल आउँदै छिन्। अमेरिकी विदेश मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै उनको नेपाल भ्रमण हुन लागेको बताएको हो। उनले अमेरिकी सरकारको तर्फबाट विश्वव्यापी सार्वजनिक मामिला हेर्दै आएकी छन्।

नेपालमा रहँदा मन्त्री ट्रुडोले सरकारी अधिकारी, नागरिक समाज, विदेशी मिडिया आउटलेटहरू, प्रेस, पत्रकार र कूटनीतिज्ञसँग भेट गर्ने छिन्। उनले अल्पसंख्यक समुदायका अगुवा, अमेरिका गएर फर्किएका ‘आल्मोनाई’हरुसँग समेत अन्तरक्रिया गर्ने बताइएको छ।

- Advertisement -
Ad image

ट्रुडोले काठमाडौँमा रहँदा मिथ्या समाचार र सञ्चारमाध्यमको भूमिका विषायक अन्तर्क्रिया कार्यक्रममा समेत सहभागी हुने छिन्। उनले नेपालसँगै उज्बेकिस्तान, युएई र काजकिस्तानको समेत भ्रमण गर्ने छिन्।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्