हङकङको चाइल्ड केयरमा बालबालिकामाथि दुर्व्यवहार गरेको आरोपमा एक महिला पक्राउ

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ११ आश्विन २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौँ – हङकङमा एक च्यारिटीले सञ्चालन गरेको आवासीय भवनमा बस्ने बालबालिकामाथि दुर्व्यवहार गरेको आरोपमा एक कर्मचारी पक्राउ परेकी छन्। एकदेखि ६ वर्ष उमेर समूहका बालबालिकामाथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीले ३२ वर्षीया कर्मचारीलाई पक्राउ गरेको हो।

पो लेउङ कुकको आवासीय चाइल्डकेयरमा सर्भिसमा काम गर्ने महिलाले बालबालिकालाई प्ले म्याटमा धेरैपटक धकेल्दिने गरेको पाइएको थियो। छड्के जाँचमा गएको टोलीले उनलाई निकै असभ्य र अनुचित व्यवहार देखाइरहेको अवस्थामा फेला पारेको हो। त्यसपछि सीसीक्यामेराको जाँच गरी हेर्दा उनले बालबालिकामाथि दुर्व्यवहार गर्ने गरेको देखिएको हो। यससँगै प्रहरीले उनलाई पक्राउ गरेको हो।

च्यारिटीले तत्कालै महिलालाई कामबाट निकालेको छ भने दुर्व्यवहारमा परेका बालबालिकाको स्वास्थ्यपरीक्षण पनि गरिएको छ। बालबालिकामा कुनै चोट भने नदेखिएको प्रहरीले बताएको छ। प्रहरीका अनुसार दुव्र्यवहारमा परकाहरुमा तीनजना बालक र तीनजना बालिका छन्।

प्रहरीले यस विषयमा अनुसनधान भइरहेको बताएको छ। प्रारम्भिक अनुसन्धानको क्रममा भने महिला दुर्व्यवहार र बालबालिकालाई बेवास्ता गरेको आरोपमा दोषी देखिएकी छिन्। अहिले महिलालाई जमानतमा रिहा गरिएको छ। तर, उनले आगामी महिना रिपोर्ट बुझाउनुपर्ने हुन्छ।

प्रतिक्रिया दिनुहोस्

Array